अटो दुर्घटना हुँदा आमा–छोरीको मृत्यु

काठमाडौँ : फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा भएको अटो दुर्घटनामा घाइते आमा–छोरी दुवैको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकी करिब ८ वर्षीया सुस्मिता श्रेष्ठको शुक्रबार  राति बिर्तामोडस्थित  बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पछि उनकी आमा २७ वर्षीया कविता श्रेष्ठको  पनि उपचारकै क्रममा मृत्यु भएको हो।

कविताको शनिबार  बिहान  ६ बजे सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार साझ अटो दुर्घटना भएको हो। दुर्घटनामा घाइते अन्यको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *