प्रधान सेनापति सिग्देल चीन प्रस्थान

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल आज चीन प्रस्थान गरेका छन् । चीनको औपचारिक निमन्त्रणमा उनी एक हप्ताका लागि त्यसतर्फ गएका हुन् । 

उनी त्यहाँ हुने चाइना फोरम कार्यक्रममा सहभागी हुने र अन्य उच्चस्तरीय भेटघाटमा सरिक हुने नेपाली सेना निकट श्रोतले जनाएको छ । उनी असोज ३ गते नेपाल फर्किने बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *