काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । स्थापनाकालदेखि नै पार्टीको नेतृत्व गर्दै आएका राउत पुन: अध्यक्षमा चयन भएका हुन् ।
जनमत पार्टीको दोश्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगन्जमा हुँदैछ । पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
उम्मेदवारको प्रारम्भिक सूचीअनुसार सातजना उपाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा रौतहट, अनिता साह धनुषा, अनिता मण्डल सिरहा, जयकान्त राउत सप्तरी, नरेन्द्रप्रसाद चौधरी कपिलवस्तु र माधवप्रसाद सिंह पर्साको उम्मेदवारी परेको छ ।
सोही पदमा राजकुमार यादव त्यागी सिरहा, कमरुल्लाह अन्सारी बारा, सञ्ज्यकुमार मिश्र रुपन्देही, मदनेशकुमार चौधरी सप्तरी, परमेश्वर मुर्मु मोरङग, रोशन खातुन बारा, हरपालसिंह सोडी बाँके र मनोहरी देवी वैठा सर्लाहीको उम्मेदवारी परेको छ ।
जनमत पार्टीको महासचिव पदमा ममता झा सप्तरी, चन्दनकुमार सिंह महोतरी र सञ्जयकुमार यादव सिरहाको उम्मेदवारी परेको छ ।
एकजना निर्वाचित हुने उपमहासचिवमा निर्मलकुमार मण्डल सिरहा र ललितचन्द्र मल्लिक रौतहटको उम्मेदवारी परेको छ ।
सातजना निर्वाचित हुने सचिव पदमा १० जनाको उम्मेदवारी परेको छ ।
