ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारस्थित पुरानो बजार क्षेत्रमाभीषण आगलागी भएको छ। दिउँसो अचानक सुरु भएको आगो ठूलो रूप लिएको हो । प्रहरीका अनुसार आगलागीबाट अहिलेसम्म कम्तीमा पाँचवटा घर जलेर नष्ट भइसकेका छन् ।
आगो नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ। क्षतिको विवरण आउन बाँकी छ ।
