एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछ । आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौं र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम र चितवन आमनेसामने हुनेछ ।

दोस्रो खेल खेल्न लागेको काठमाडौं पहिलो जितको खोजीमा हुनेछ । कर्णाली भने अहिलेसम्म दुई खेलमा विजयी भएर चार अंक जोडिसकेको छ । कर्णाली तेस्रो जितका लागि मैदानमा उत्रिनेछ । यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम र चितवन आमनेसामने हुनेछ ।

हालसम्म सुदूरपश्चिम रोयल्सले तीन खेल खेल्दा एक खेलमामात्र जित निकालेको छ । दुई खेलमा पराजित सुदूरपश्चिम चौथो खेलमा जित्नैपर्ने दबाबमा छ । यसैगरी, चितवनले दुई खेल खेलिसक्दा अपराजित छ । एक जित निकालेको चितवनले एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *