काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लुम्बिनी लायन्सले अपराजित यात्रा जारी राखेको छ । कीर्तिपुरस्थित टियु मैदानमा आज भएको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै जीत दर्ता गरेको हो ।
टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोड्दै जितका लागि जनकपुरलाई १५० रनको लक्ष्य दिएको थियो । तर जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन मात्रै बनाउन सक्यो ।
