दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको एकल इजलासमा

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेकाे रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

रिट निवेदनको सुनुवाइका लागि सर्वोच्च अदालतको बेन्च नम्बर ८ को (ज) क्रमसंख्यामा पेसी तोकिएको छ । उक्त रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको हाे ।

इजलासको पेसी सूची अनुसार क्रमसंख्या (ज)मा रहेकाले आजै उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ हुने अपेक्षा गरिएको छ । यसअघि ३० कात्तिककै पेसी तोकिएको भए पनि सरकारले सार्वजनिक बिदा दिएका कारण सरेको थियो ।

आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न तथा मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै पनि कामकाज गर्न नदिन अन्तरिम आदेशको माग गर्दै कार्कीले गत कात्तिक २० गते रिट दर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *