मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ लिँदै

काठमाडौं : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका हुन् । यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा जनता समाजवादी (जसपा) नेपाल संसदीय दलका नेता रहेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *