दानबहादुर कार्कीको रिटमा आजको सुनुवाइ स्थगित

काठमाडौं : प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्कीले दिएको रिट निवेदनमा आजको सुनुवाइ रोकिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तय भएको थियो । सुनुवाइ सुरु भएलगत्तै सरकारी वकिलले नवनियुक्त आईजीपी मनोज केसीले म्याद बुझ्न बाँकी रहेको जनाउ इजलासलाई दिएपछि सुनुवाइ रोकिएको हो ।

अब केसीलाई म्याद तामेल भएपछि मात्रै सुनुवाइ अघि बढ्नेछ । त्यसपछि मात्र केसीलाई आईजीपीमा रोक्ने वा नरोक्ने भन्ने विषयमा अन्तरिम आदेशको टुंगो लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *