चिनियाँ कम्युनिस्ट पार्टीबाट एकता र दीर्घकालीन दृष्टिकोण सिक्नुपर्छ: जगन्नाथ खतिवडा

काठमाडौँ : चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘सी चिनफिङ विचारधारा’ वर्तमान विश्व राजनीतिको एक सफल र वैकल्पिक मोडेल भएको सरोकारवालाहरूले बताएका छन्। चिनियाँ विशेषतासहितको समाजवाद र नयाँ युगका लागि सीले अवलम्बन गरेको नीतिले वैश्विक शासन पद्धतिमा नयाँ आयाम थपेको उनीहरूको निष्कर्ष छ।

काठमाडौँमा आयोजित ‘सी चिनफिङको पार्टी निर्माण सम्बन्धी विचारधारा’ विषयक कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता जगन्नाथ खतिवडाले नेपाली कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको चर्चा गरे। उनले चीनबाट मुख्यतया एकता, दीर्घकालीन दृष्टिकोण र योजनाबद्ध कार्यशैली सिक्नुपर्नेमा जोड दिए।

नेपालमा कार्यकर्ताको सुरक्षा, वैचारिक स्पष्टता र भू–राजनीतिक चेतनाको अभाव रहेको उनको टिप्पणी छ। नेपालमा पार्टीलाई स्वार्थ सिद्धिका लागि प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको र जनसम्बन्ध कमजोर हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। नेपालको बहुदलीय लोकतान्त्रिक प्रणाली र चीनको विशिष्ट प्रणाली फरक भए पनि नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा गम्भीर अनुसन्धान र बहसको आवश्यकता रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *