काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले यहाँ जनताले जे भन्यो त्यही हुने बताएका छन् । आज स्वदेश फिर्ता भएपछि निवासमा पुगेर देउवाले ज्ञानेन्द्र शाहले समेत आफूलाई केही गर्न नसकेको प्रतिक्रिया दिँदै देशमा जनताको अदालत रहेको बताएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रको खिलाफमा पनि आफू मुद्दा लडेको उनले स्मरण गरे । “पूर्वराजा ज्ञानेन्द्रको शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको हुँ,” देउवाले भने, “शाही आयोगले पनि जेलमा पठाएको हो । अहिले यहाँको अदालतले पनि शेरबहादुर र आरजूलाई पक्राउ नगर्नू भन्यो । सम्पत्ति शुद्धीकरणले केही छैन भन्यो । यो देशमा जनता, अदालत छ । हामीले देखाउँछौँ । राजा ज्ञानेन्द्रले सकेनन् अरुले सक्छ यहाँ ?”।
