निवर्तमान सभापति देउवालाई स्वदेशमा स्वागत छ : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि केन्द्रीय कार्यालय सानेपामा जारी छ। सभापति गगन थापाले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेशमा स्वागत छ भन्दै आजको बैठक सुरूवात गरेका छन्।

‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यलाभ कामनासहित स्वदेशमा स्वागत गर्दछु,’ सभापति थापाले केन्द्रीय कार्यसमिति बैठकमा भनेका कुरा उद्धृत गर्दै एक जना केन्द्रीय सदस्यले सेतोपाटीसँग भने।

देउवा ५ महिनापछि आज स्वदेश फर्केका छन्। उनी गत फागुनमा सिंगापुर गएका थिए। सिंगापुरका अस्पतालमा उपचार गराएर थप उपचार गर्न उनी हङकङ पनि गएका थिए।

भदौ २४ गते देउवा निवासमा आगजनी र देउवा दम्पतीमाथि कुटपिट भएको थियो। देउवाले स्वदेश फर्केपछि कांग्रेसभित्र देखिएका असहमति तुरून्त समाधान हुनुपर्ने भन्दै अपिल जारी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *