रसुवा बाढीपीडितका लागि NAIMA द्वारा ५० लाख सहयोग

काठमाडौं । हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रु. ५० लाख सहयोग प्रदान गरेको छ।

NAIMA ले आफ्नो पूर्वनिर्णयअनुसार उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। सहयोग हस्तान्तरण कार्यक्रम NAIMA अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा NAIMA का बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, Cimex Inc. (BYD) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, NAIMA का कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा Digipal का तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो।

सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष वैद्यले रकम तुलनात्मक रूपमा सानो भए पनि विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु नै सहयोगको मुख्य उद्देश्य रहेको बताउनुभयो।

उहाँले NAIMA का सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै संकट तथा विपद्का समयमा NAIMA सरकार र प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” अध्यक्ष वैद्यले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *