कुलमान र हितेन्द्रको रिटमाथि सुनुवाइ जारी

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटलाई सर्वोच्च अदालतले प्राथमिकता दिएको छ ।

न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा हाल कुलमानको रिटमाथि सुनुवाइ भइरहेको छ भने यसपछि हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सुरु हुनेछ ।

आज उक्त इजलासमा ४२ वटा मुद्दाको पेसी तोकिएको थियो । जसमध्ये २ रिटमाथिको सुनुवाइलाई प्राथमिकतामा राखी इजलासले ३४ मुद्दाका रिटमाथिको पेसी ‘हेर्न नभ्याइने’मा पठाएको छ । बाँकी ६ वटा रिट हेर्न नमिल्नेमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *