काठमाठौं । पोर्चुगलका महान फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ४१ वर्षीय रोनाल्डोले एक भिडियोमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले २३ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबलसँगै पोर्चुगलको राष्ट्रिय टोलीका लागि खेल्ने आफ्नो यात्रालाई सधैंका लागि टुंग्याएका हुन् ।
रोनाल्डोले सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपमा आफ्नो पहिलो विश्वकप खेलेका थिए । त्यसपछि उनी सन् २०१०, २०१४, २०१८, २०२२ र २०२६ का विश्वकपहरूमा पनि पोर्चुगलको टोलीको हिस्सा रहेका थिए । उनले लगातार छ वटा विश्वकप खेलेका छन् ।
