प्रस्तावित न्यायाधीशविरुद्ध उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिमा छलफल जारी

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिमा छलफल भइरहेको छ ।

समितिको  शुक्रबारको बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तालाई आमन्त्रण गरी छलफल भइरहेको हो ।

सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध उजुरी परेको हो ।

समितिको आजको कार्यसूचीमा उजुरीकर्तासँग छलफलपछि सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यक्रमसमेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *