देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन सुरु भएको छ भव्य समारोहका बीच राष्ट्रिय सभा गृहमा शनिबार सुरु भएको जिल्ला अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गरेका हुन् । समारोहको उद्घाटनअघि बटुकहरूबाट स्वस्तिवाचन पनि गरिएको थियो ।

अधिवेशनको उद्घाटनअघि देउवा पक्षका नेताकार्यकर्ताले विभिन्न साँस्कृतिक झाँकीसहित र्‍याली निकालेका थिए । उद्घाटन सत्रमा देउवाबाहेक सो पक्षका १५ औं महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइराला, कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायतको उपस्थिति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *