हाम्रो पार्टी र नेतृत्व विरुद्ध चौतर्फी हमला भइरहेको छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वका विरुद्ध चौतर्फी हमला भइरहेको टिप्पणी गरेका छन् । नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् । ‘हाम्रो पार्टी र नेतृत्वका विरुद्ध चौतर्फी हमला भइरहेको अवस्थामा हामी छौं,’ महासचिव पोखरेलले भने, ‘…सामाजिक सञ्जालका माध्यमबाट नकारात्मकता फैलाउने प्रयास भइरहेको छ ।’

उनले पार्टीका आधिकारिक सूचनालाई सम्प्रेणण गरेर यो चुनौतीको सामना गनु नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘मलाई लाग्छ हाम्रो पार्टीपंक्ति एकताबद्ध रुपमा पार्टीका सहि सूचनालाई सम्प्रेषण गर्ने काम गर्‍यौं भने सहजै रुपमा चुनौती सामना गर्न सक्छौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *