पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिको मृत्यु

काठमाडौं, २४ वैशाख । पाकिस्तानी सेनाले कश्मीरमा गरेको गोलाबारीमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गएराति पाकिस्तानी सेनाले कश्मीरमा गरेको गोलाबारीमा तीन भारतीयको मृत्यु भएको हो ।

यसैबीच, पहलगाम आतंकवादी हमलाको दुई हप्तापछि कडा बदला लिँदै भारतीय सशस्त्र सेनाले गएराति पाकिस्तानको कश्मीरमा रहेका नौ आतंकवादी शिविरहरूमा हवाई हमला गरेको छ ।

पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीचको सीमामा तनाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *