जथाभाबी ढुंगागिटी उत्खनन रोक्न समाजवादी मोर्चाको माग

बुटवल । समाजवादी मोर्चाले रुपन्देहीका खोलाबाट हुने जथाभाबी दोहन र अवैध निकासीलाई तत्काल रोक्न आग्रह गरेको छ। मोर्चाले आज एक विज्ञप्ति जारी गर्दै उत्खनन र चोरीको कार्यमा सम्बन्धित निकायको मिलेमतो रहेको आरोप लगाउँदै  नियमन र अनुगमन गर्न माग गरेको छ।

रुपन्देहीका विभिन्न स्थानीय तहले आफ्नो पालिकामा पर्ने नदीहरूमा लगाएका ठेक्कामा ठेकेदारले मापदण्ड विपरीत जथाभाबी उत्खनन र ढुंगागिटी चोरी गरेको भन्दै मोर्चाले यस्तो माग गरेको हो ।

मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका संयोजक निर्मल जिसी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिराध्वज शाह र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं मोर्चाका जिल्ला संयोजक शरद वलीले मङ्गलबार विज्ञप्ति जारी गर्दै जथाभाबी उत्खनन र चोरी निकासीप्रति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

पछिल्लो समय  रुपन्देहीको  बुटवल, सैनामैना, देवदह, सिवारी शुद्धोदन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चन लगायतका स्थानीय पालिकाहरूले तिनाउ, दानव, चरंगे खोला,लगायतका अधिकांश खोलाहरूमा अनियन्त्रित रूपमा मापदण्ड विपरीत अवैध रूपमा दोहन गरी नदीजन्य पदार्थ ढुंगागिटी, बालुवा दोहन तथा चोरी निकासी भइरहेको स्थानीयको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *