अध्यक्ष नेपालमाथिको मुद्दा राजनीतिक प्रतिशोध हो : नेकपा एस लुम्बिनी प्रदेश कमिटीको आरोप

नेपालगञ्ज । नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपालमाथि लगाइएको मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ।

जेठ ३० र ३१ गते नेपालगञ्जमा सम्पन्न दुईदिने बैठकले समसामयिक १५ प्रस्ताव पारित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अक्तियारको दुरुपयोग गर्दै अध्यक्ष नेपालविरुद्ध राजनीतिक बदला लिने प्रयास गरेको आरोप लगाएको हो।

बैठकमा बोल्दै पार्टीका प्रदेश सचिव नारायण शर्माले यस्तो कदम लोकतान्त्रिक मूल्य र न्यायिक स्वतन्त्रताको उपहास भएको टिप्पणी गरे। उनका अनुसार बैठकले यस्ता घटनाबाट विचलित नभई संगठित रूपमा सामना गर्न सम्पूर्ण कार्यकर्तालाई आह्वान गरेको छ।

बैठकमा संगठन सुदृढीकरण, आगामी निर्वाचन तयारी, जनजीविकासँग सम्बन्धित मुद्दा, तथा राष्ट्रिय राजनीति सम्बन्धी बहससमेत गरिएको जनाइएको छ।

नेकपा एकीकृत समाजवादीले अध्यक्ष नेपालमाथिको मुद्दा खारेज गर्न माग गर्दै आगामी दिनमा देशभर विरोधका कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *