शिक्षक संगठनको अध्यक्षमा शाही निर्वाचित

काठमाडौं : नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं राष्ट्रिय सम्मेलनले शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईं निर्वाचित भएका छन् ।

यस्तै, संगठनको महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरबहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा बेणु काफ्ले निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *