उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा

काठमाडौँ । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। न्यायाधीश लम्सालले बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा दिएका सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्टार अच्युत कुइँकेलले जानकारी दिए ।

एक वर्षपछि उमेर हदका कारण अवकाशमा जाने न्यायाधीश लम्सालले राजीनामा दिएका हुन् । उनले राजीनामामा स्वास्थ्य अवस्थाको कारण देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *