वामदेवको घोषणा : सय वर्षको उमेरसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँछु

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सय वर्षसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गरेका छन् । शुक्रबार काठमाडौँमा एकीकृत समाजवादी पार्टीसँग एकता समारोहमा उनले अझै २३ वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गरेका हुन् । विभाजन भएको चार वर्षपछि फेरि एकीकृत समाजवादीमा प्रवेश गर्न पाउँदा ज्यादै खुसी भएको जिकिर गरे ।

‘म एसएलसी मात्र पास गरेका मान्छे हो । त्यही पनि थर्ड डिविजनमा बल्लतल्ल पास गरेँ । अहिले ७७ वर्षको भएँ । सय वर्षसम्म बाँच्नुपर्छ जस्तो लाग्छ । सय वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँछु’, उनले भने, ‘दुई वटा सङ्कल्प लिएर म कम्युनिस्ट आन्दोलनमा लागेँ । एउटा राजतन्त्रको अन्त्य अर्को कम्युनिस्ट पार्टीलाई एउटै बनाउने । त्यो २०७५ सालमा पास भयो । त्यतिबेला म ज्यादै खुसी थिएँ ।’

अबको सङ्कल्प आफ्नै जीवनका कालमा समाजवादमा लैजाने रहेको भएपनि त्यो पुरा हुनेमा उनले आशङ्का व्यक्त गरे ।आफूले चार वर्षदेखि नै वामपन्थी राजनीतिमा लागेको जिकिर गर्दै यस यात्रामा धेरै हण्डर ठक्कर खाएर आएकाले फहराएको झण्डालाई झुक्न नदिने सङ्कल्प गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *