पहिरोले बेनी–जोमसोम सडकखण्ड पूर्णरुपमा अवरुद्ध

पोखरा, १९ साउन । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

सोमबार बिहान म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ सुकेबगरस्थित बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेर सडक पूर्णरुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *