प्याजको भाउ बढ्यो

काठमाडौं : बजारमा सुकेको प्याजको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। एक सातादेखि स्थिर रहेको प्याजको भाउ बुधबार बढेको हो। बुधबार कालीमाटी तरकारी बजारमा प्याज प्रतिकिलो थोक मूल्य ३७ देखि ३९ रूपैयाँमा बिक्री भइरहेको छ।

मंगलबार सुकेको प्याज बजारमा प्रतिकिलो ३६ देखि ३८ रूपैयाँमा कारोबार भइरहेको थियो। गत साता मंगलबारदेखिनै सुकेको प्याज सोही मूल्यमा कारोबार भएको थियो। आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।

भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ। व्यवसायीहरूका अनुसार प्याजको भाउमा अन्य तरकारीको जस्तो धेरै अन्तरको घटबढ हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *