जेनजीको प्रदर्शन : संसद भवन अगाडि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ

काठमाडौं, २३ भदौ । काठमाडौंको माइतीघर बानेश्वर क्षेत्रमा जेनजीको प्रदर्शन चलिरहेको छ । विभिन्न नारासहितका प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरिरहेका छन् । यसैबीच, संसद भवन अगाडि बाक्लो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् ।

जेनजीको प्रदर्शनमा ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, आफूलाई पोस्ने नेता होइन,’ ‘अति भयो झुट, अति भयो माफी,’ ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ जस्ता नारा प्लेकार्डमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *