एमालेको चिन्ता अरुले नगरे हुन्छ, आफ्नो थैली बाँधे हुन्छ : सूर्य थापा

काठमाडौं, १० कार्तिक । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य सूर्य थापाले एमालेको चिन्ता अरूले गर्नु नपर्ने बताएका छन् । आज अर्घाखाँचीको सन्धिखर्कमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अन्य पार्टीले एमालेकाबारेमा कुरा उठाएका बताउँदै एमालेले आफ्नो निर्णय आफैँ गर्न सक्ने स्पष्ट पारेका हुन् ।

उनले भने, ‘हिजो पार्टीमा रहेर अहिले चर्न गएकाहरुले बढी यस्ता कुरा उठाएका छन्, केही कांग्रेस, माओवादी वा यस्तै यस्तैले चलाएका छन्, एमालेको चिन्ता अरुले नगरे हुन्छ, आफ्नो थैली बाँधे हुन्छ, एमालेले आफ्नो निर्णय आफै गर्न सक्छ । हाम्रो नेतृत्व हाम्रो आवश्यकताको आधारमा गर्नसक्छ, कसैले बाहिर बसेर गोहीको आँशु नचुहाए हुन्छ ।’

जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पति र व्यक्तिगत सम्पतिमा आगो लगाउनेलाई पानीमुनि गएपनि नछाड्ने उनले प्रष्ट पारे । आन्दोलन कसको अगुवाईमा भएको रहेछ भन्ने केही खुल्दै गएको र केही खुल्नेक्रममा रहेको उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । अहिलेको आयोगले केही गर्न नसक्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *