सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, २१ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपमा बढेको छ । आज सुन ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *