सुर्यविनायकमा नयाँ ‘हिमालयन के ग्रिन’ फ्याक्ट्री, अन्तर्राष्ट्रिय स्तरका हर्बल र कस्मेटिक उत्पादन सुरु

भक्तपुर । सूर्यविनायक–दार्जिलिङ हाईटस्थित ‘हिमालयन के ग्रीन प्रा.लि.’को फ्याक्ट्री भव्य समारोहका बीच उद्घाटन गरिएको छ । ‘युटर्न इन्टरनेशनल प्रा.लि.’का अध्यक्ष बलराम सुवेदीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सम्माननीय सचिव कृष्ण बहादुर राउत प्रमुख अतिथि तथा लोकप्रिय कलाकार सन्दीप क्षेत्री विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए ।

फ्याक्ट्रीले अन्तर्राष्ट्रिय स्तरका खाद्य वस्तु, महुरीजन्य उत्पादन, नेपाली जडीबुटीजन्य वस्तु र नेचुरल कस्मेटिक उत्पादनहरू उत्पादन गर्ने उद्देश्यका साथ औपचारिक रूपमा सञ्चालन सुरु गरेको हो ।

कम्पनीले हालसम्म ३० भन्दा बढी प्राकृतिक कस्मेटिक उत्पादनहरू बजारमा ल्याइसकेको छ भने सुरुवाती चरणमा ६० भन्दा बढी आयुर्वेदिक, हर्बल र फुड प्रोडक्टहरू उत्पादन गर्ने योजना रहेको छ ।

‘हिमालयन के ग्रीन प्रा.लि.’ले ‘किसान हातेमालो कार्यक्रम’ सञ्चालन गर्दै स्थानीय स्तरमा कच्चा पदार्थ उत्पादन, रोजगारी सिर्जना र आत्मनिर्भरता प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

अन्तर्राष्ट्रिय प्रयोगशालासँगको सहकार्यमा गुणस्तरीय उत्पादन गर्ने उद्देश्य राखिएको यस उद्योगले नेपाली प्राकृतिक स्रोत र जडीबुटीको व्यावसायिक उपयोगमार्फत देशको औद्योगिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा उद्योगी, व्यवसायी, स्थानीय प्रतिनिधि, कृषक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *