डिआइजी जयराज सापकोटालाई विभागीय कारबाही

काठमाडौँ : प्रहरी नायब महानिरीक्षक (डिआइजी) जयराज सापकोटामाथि प्रहरी प्रधान कार्यालय नक्सालले विभागीय कारबाही गरेको  छ। कार्य विभागको कार्य निर्देशनालय नक्सालमा रहेका सापकोटाले डिआइजी सरूवाको विषयमा स्टाटस लेखेपछि विभागीय कारबाही गरेको  प्रधान कार्यालय स्रोतले बतायो।

मंसिर ७ गते प्रधान कार्यालयले तीन जना डिआइजीको सरूवा गरेको थियो। त्यस सरूवाप्रति असन्तुष्टि जनाउँदै सापकोटाले ‘हम कभी नहि सुध्रेंगे, नेपाल पुलिस डिआइजिपी पोष्टिङ’ भनेर फेसबुकमा स्टाटस लेखेका थिए।

प्रहरी नियमावली, २०७१ मा भएको प्रहरी आचरण सम्बन्धी व्यवस्था, नेपाल प्रहरीको सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति २०६०, नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यदेश २०७७ विपरीत रहेको भन्दै प्रधान कार्यालयले कारबाही गरेको हो। विभिन्न समयमा भएका परिपत्रहरूको विपरीत समेत भएको भन्दै प्रधान कार्यालयले विभागीय कारबाही गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *