कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा प्रदेशका सभापतिहरू सहभागी छन् ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन लगायत समसायिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *