कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। २०७३ साल असार २९ गतेदेखि जगन्नाथदेवल कारागार सुन्धारामा कैद काटिरहेका सिन्धुली जिल्ला, तीनपाटन गाउँपालिका वडा नं. ६ घर भएका ५० वर्षीय बसन्त भन्ने गुन्ज बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गत भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट फरार भएका श्रेष्ठ काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा लुकेर बस्दै आएका थिए। उनी काठमाडौँको टोखा नगरपालिका वडा नं. १, झोर क्षेत्रमा लुकिछिपि बसेको भन्ने विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई पुस २८ गते पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठलाई बाँकी कैद भुक्तानका लागि पुनः कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *