ग्रीनल्याण्डको लागि समर्थन नगर्ने युरोपेली देशहरूमाथि कर लगाउने ट्रम्पको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयलाई लिएर युरोपेली देशहरूमाथि भन्सार कर लगाउने धम्की दिएका छन् ।

राष्ट्रपति ट्रम्प ग्रीनल्याण्डलाई अमेरिकी क्षेत्र बनाउन चाहन्छन् तर युरोपेली देशहरूले यो योजनाको विरोध गरिरहेका छन् । जसकारण ग्रीनल्याण्डको लागि समर्थन नगर्ने जो कोहीमाथि थप कर लगाइने ट्रम्पको भनाइ छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्डको बारेमा डेनमार्क र ग्रीनल्याण्डबीच वार्ता भइरहेको र डेनमार्कले ग्रीनल्याण्डमा सैन्य उपस्थिति बढाउने निर्णय गरेको पनि बताए । उनले धेरै युरोपेली देशहरूले पनि ग्रीनल्याण्डमा सेना तैनाथ गर्नसक्ने दाबी गरेका छन् ।

ट्रम्पले आफूले कुनै पनि मूल्यमा ग्रीनल्याण्ड प्राप्त गर्न चाहेको उल्लेख गरेका छन् । ट्रम्पका अनुसार रूस र चीनबाट बच्न अमेरिकी राष्ट्रिय सुरक्षाको लागि ग्रीनल्याण्ड कब्जा गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *