माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतले मिसिल झिकाउने आदेश जारी गरेको छ।

न्यायाधीश सुदर्शनदेव भट्ट र हेमन्त रावलको बुधबार बसेको संयुक्त इजलासले मुद्दासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको फाइल झिकाउन आदेश जारी गरेको छ।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको आरोप लागेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते मुद्दा दायर गर्दै नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजायको मागदाबी गरेको छ ।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गरी पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको आरोप छ । ३१४ रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको अभियोगमा मुद्दा दायर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *