एमालेसँग मिलेर सरकार बनाउनु गल्ती भयो : सभापति थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसित मिलेर सरकार बनाएर गल्ति गरिएको बताएका छन्। रौतहट क्षेत्र नम्बर ४ मा कांग्रेसले गरेको कार्यक्रममा थापाले विगतमा कांग्रेस र एमालेबीच भएको सत्ता सहकार्यलाई गलत भनेका हुन्।

उनले संसद्‍मा ३२ सिट भएको माओवादीलाई प्रधानमन्त्री चाहिएको र २२ सिट भएको रास्वपालाई गृहमन्त्री चाहिएको बेला कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउँदा झन् धेरै त्रुटि भएको बताए।

कांग्रेस, एमाले, रास्वपा र माओवादी सबैले गल्ती गरेर आएको भन्दै थापाले भने, ‘अहिले कसैले फुर्ती नलगाए हुन्छ।’ थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन्। त्यहाँ उनको रास्वपाका अमरेश सिंहसँग मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *