काठमाडौं । अमेरिका–इरान युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न शनिबार पाकिस्तानमा दुई पक्षबीच शान्ति वार्ता हुँदैछ । वार्ताका लागि इरानी नेताहरु शुक्रबार राति इस्लामाबाद आइपुगेका हुन् ।
वार्ताअघि इरानी नेताहरुले इरानीहरूलाई मिनाब आक्रमणको सम्झना गराए । इरानले मिनाबमा भएको आक्रमण बिर्सन सकेको छैन । इरानी नेताको उडानको तस्वीरले विश्वको ध्यान खिचेको छ, जसमा इरानी नेता अमेरिका–इजरायली आक्रमणमा मारिएका निर्दोष बालबालिकाहरूलाई हेरिरहेको देखाइएको छ ।
तस्वीरले आक्रमणमा इरानले महसुस गरेको पीडालाई प्रकट गरेको छ, जुन भावना इरानले बिर्सन सक्दैन । फेब्रुअरी २८ मा मिनाबमा एक प्राथमिक विद्यालय क्षेप्यास्त्र आक्रमणमा ध्वस्त भएको थियो । अमेरिका–इजरायलको आक्रमणमा १६५ जना बालबालिकाको मृत्यु भएको थियो ।
