ओली प्रचण्ड भेटले सकारात्मक सन्देश दिएको छ : महेश बस्नेत

काठमाडौं : एमाले सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डबीच भएको भेटवार्ताले ‘सकारात्मक सन्देश’ प्रवाह भएको बताएका छन्। टिचिङ अस्पतालमा उपचाररत एमाले अध्यक्ष ओली भेट्न बिहीबार प्रचण्ड पुगेका थिए। उनीहरुबीच करिब ४० मिनेट कुराकानी भएको थियो।फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै नेता बस्नेतले मतभेदहरु भए पनि दुई नेताबीच सम्वाद हुनु सुखद रहेको बताएका छन्।

‘पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टिचिङ अस्पतालमा भएको भेटले देशको राजनीतिमा सकारात्मक सन्देश दिएको छ’, एमाले अध्यक्ष ओली निकट मानिने बस्नेतले लेखेका छन्, ‘राजनीतिक मतभेदहरू भए पनि राष्ट्रिय हित र सहकार्यका लागि संवाद आवश्यक हुन्छ भन्ने कुरालाई यो भेटले पुनः प्रमाणित गरेको छ। देश र जनताको हितमा यस्ता भेटघाट र समझदारीले स्थिरता, सहकार्य र एकताको बाटो खोलोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *