धनगढी । कैलालीमा तालिमरत सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिम गरिरहेका सशस्त्र प्रशिक्षार्थी जवान दार्चुलाको नौगाड गाउँपालिका-१ घर भएका महेश महताको उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई राति साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछि उपचारका लागि सशस्त्रको फिल्ड हस्पिटल अत्तरिया लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै अत्तरिया अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान साढे ४ बजे बेहोस् भएका थिए । त्यसपछि सवा ५ बजे महतालाई मृत घोषणा गरिएको थियो ।
