अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँछु : मुख्यमन्त्री बानिँया

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिँयाले आफ्नो घर र कार्यालयमा छापा मारिएकोमा आपत्ति जनाएका छन् । आज सम्पत्ति शुद्वीकरण विभागले उनको घर र कार्यालयमा छापा मारेपछि उनले आपत्ति जनाएका हुन् ।

‘राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुन सक्ने विद्यमान अवस्थामा अकास्मात गरिएको छापामारी प्रति आपत्ति जनाउँदछु,’ बानिँयाले भनेका छन् ।

विज्ञप्ति जारी गर्दै उनले घटनाले आफ्नो चरित्रमाथि आघात पुगेको समेत बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘तर विभिन्न सञ्चारमाध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *