‎सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरेन्द्रनगर स्थित सुर्खेत उपत्यका नगर विकास समितिमा छापा मारेको छ ।  आज बिहान ९ बजेतिर अख्तियारले छापा मारेको हो ।

‎अख्तियारको ट्ङ्गाल स्थित कार्यालयमा परेको उजुरीका आधारमा अख्तियारको टोलीले छापा हानेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका‌ सूचना अधिकारी धर्मराज खत्रीले जानकारी दिए ।

‘‎‎विषय अनुसन्धानपछि थाह होला, हामीले केन्द्रमा परेको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिएका छौँ,’ उनले भने । ‎‎‎स्रोतका अनुसार नगर विकास समितिका एक कर्मचारीले ठुलो रकमको राजस्व हिनामिना गरेको छन् । ‎सोही आधारमा उजुरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *