काठमाडौं । राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्बिरोध निर्वाचित भएकी छिन् । नवौं राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय सर्वसम्मत केन्द्रीय कमिटी चयन गरेको हो ।
महाधिवशेनमा अध्यक्ष प्रेमनाथ अधिकारीले सुब्बालाई अध्यक्षका लागि प्रस्ताव गरेका थिए । यसअघि कार्यसमितिका उपाध्यक्ष सुब्बा लामो समयदेखि जनसाँस्कृतिक महासंघमा आवद्ध रहेकी छिन् । उनी पूर्वमन्त्री तथा पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बसन्त नेम्वाङकी पत्नीसमेत हुन् ।
महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, महासचिवमा आरसी शर्मालाई चयन गरेको छ । यसैगरी उपमहासचिवमा होमराज श्रेष्ठ, सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवाश मल्ल र पदम रोकायलाई सर्वसममत चयन गरेको छ ।
महाधिवेशनको उद्घाटन बुधवार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

