बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही

काठमाडौँ । सांसद दयालबहादुर शाहीले व्यवसायीको धम्कीबाट नडराउन सरकारलाई सुझाव दिएका छन् । यातायात व्यवसायीका नाजायज माग पुरा नगर्न भौतिक मन्त्री देवेन्द्र दाहाललाई उनले आग्रह गरे ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिमा भएको छलफलमा  मन्त्रीसमक्ष शाहीले यस्तो आग्रह गरेका हुन् । ‘बरु ६ महिना यात्रा नगरौँ । यातायात व्यवसायीको धम्कीबाट नडराऔँ,’ उनले भने,’अराजक समूहका नाजायज माग सम्बोधन गर्नु हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *