उत्तरी इरानमा हवाई आक्रमणमा परेर ९ जनाको मृत्यु, ३३ जना घाइते

तेहरान । उत्तरी इरानमा हवाई आक्रमणमा परेर चार वटा घर नष्ट भएको छ । यी आक्रमणका क्रममा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

गिलानका गभर्नरको कार्यालयका अनुसार अरू ३३ जना घाइते भएका छन् । यी आक्रमण इजरायलले गरेको बताइएको छ । मर्ने र घाइते हुनेमध्ये १४ जना महिला र बालबालिका रहेको बताइएको छ ।

मर्नेमा मोहम्मद रेजा सिद्धकी नाम गरेका परमाणु वैज्ञानिक पनि रहेको भन्दै केही सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन् । गए राति भएको आक्रमणमा वरिष्ठ परमाणु वैज्ञानिक मारिएको इजरायली सेनाले पनि भनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *