मोरङमा गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं । मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । उक्त टोलीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *