अर्थमन्त्री यादवको राजीनामा माग्दै प्रदेशसभा बैठक बहिष्कार

जनकपुर । जनता समाजवादी नेपाल (जसपा)ले बजेटमा आर्थिक अपराध गरेको भन्दै अर्थमन्त्री सुनिल यादवको राजीनामा मागेको छ । सो पार्टीले मन्त्री यादवको राजीनामा माग गर्दै सोमबार सदन समेत बहिष्कार गरेको छ ।

सोमबार बिहान जसपाले बैठक सुरु हुने बित्तिकै अर्थमन्त्री यादवको राजीनामाको माग गर्दै बैठक बहिष्कार गरेको हो । पूर्मुख्यमन्त्री  यादवले अर्थमन्त्री यादवबाट २९४ वटा पेज नै रेडबुकमा नराखेर सदन छलेको आरोप लगाए ।

उनले भने, ‘सदनमा उपलब्ध गराइएको  २९४ पेजको रेडबुकमा ८ हजार योजना राखिएको छैन, अर्थ मन्त्रालयको इन्ट्रीमा भने ७५५ वटा राखिएको छ । जुन आर्थिक अपराध हो ।’

मूलतः यही गडबडी गरेको कारणले अर्थमन्त्रीको राजीनामाको माग गर्दै आफूहरूले सदन बहिष्कार गरेको पूर्व मुख्यमन्त्री यादवले बताए ।  जसपाले सदन बहिष्कार गरे पनि प्रदेश सभाको बैठक भने जारी रहेको छ । जारी बैठकमा अर्थमन्त्री यादवले विनियोजन विधेयक छलफलका लागि सदनमा पेस गरेका छन् । त्यसमाथि अहिले बैठकमा छलफल चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *