लागुऔषध मुद्दामा फरार भारतीय नागरिक लैनचौरबाट पक्राउ

काठमाडौँ । लागुऔषध गाँजा र कोकिन कारोबारमा संलग्न रहेर फरार भएका भारतीयलाई प्रहरीले काठमाडौँको लैनचौरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँ दिल्ली ठेगाना भएका ६४ वर्षीय अमरजित सिंह सन्धु छन् ।

जेठ ८ मा उनले परिचालन गरेका दुई जनाले बैंकक र कोलाम्बोबाट १८ किलो गाँजा र २ दशमलव ६५ ग्राम कोकिन काठमाडौँ ल्याएका थिए । त्यस बेला पक्राउ परेका दुई जनाले मुख्य नाइकेको रूपमा ६४ वर्षीय अमरजित सिंह सन्धुलाई पोल गरेका थिए ।

असार २९ मा काठमाडौँ आएको अवस्थामा उनलाई लैनचौर स्थित एक होटलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी जनक बहादुर शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *