देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बिहान नौ बजे सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘भोलि बिहान नौ बजे पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आह्वान भएको छ,’ पौडेलले भने । बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *