सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार बिहान आफ्नै घरमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धन कुमारी उपाध्यायको मृत्यु भएको हो ।

‎‎प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार आचार्य दम्पतीले बिहान १०:४५ बजेको समयमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेका थिए । ‎‎सोही क्रममा मेसिनको तारबाट करेन्ट प्रवाह हुँदा दुवै जना गम्भीर घाइते भएका थिए । ‎घाइते दम्पतीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । ‎ ‎तर, उपचारकै क्रममा बिहान ११:१५ बजे अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *