सशस्त्र प्रहरी बल पर्साद्वारा रु. ३,९८,३०० बराबरको सामान र मोटरसाइकल नियन्त्रणमा, भन्सार कार्यालयमा बुझाइयो

वीरगञ्ज, साउन १६ गते। भारतबाट अवैध रूपमा भन्सार छलि नेपालतर्फ ल्याइँदै गरेका विभिन्न सामान र दुईवटा मोटरसाइकलसहित रु. ३,९८,३०० बराबरको सामग्री सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण पर्साले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराका अनुसार मिति २०८२ साउन १६ गते वीरगञ्ज महानगरपालिका–२५, चण्डाल चोकस्थित गणबाट खटिएको टोलीले दुईवटा मोटरसाइकलमा लोड गरि ल्याइँदै गरेको कपडा र किराना सामग्रीसहितका सामान बरामद गरेको हो। नियन्त्रणमा लिइएका सामग्रीमध्ये कपडा र किराना सामानको मूल्य रु. १,५८,१०० र मोटरसाइकलको मूल्य रु. १,५०,००० रहेको छ। उक्त सामग्रीहरू आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ।यसैगरी, सशस्त्र प्रहरी बल बिओपी सिर्सियाबाट खटिएको अर्को टोलीले पनि आजकै मितिमा भन्सार छलि ल्याइँदै गरेको रु. ६४,००० बराबरको कपडा नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।त्यस्तै, गण अन्तर्गत बिओपी ठोरीबाट खटिएको टोलीले विभिन्न मितिमा नियन्त्रणमा लिएका रु. २६,२०० बराबरका विविध किसिमका सामग्रीहरू समेत आजै भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।अवैध तस्करी नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरी बलको सक्रियता प्रशंसनीय बन्दै गएको छ। लगातारको निगरानी र छड्के कारबाहीले सीमा क्षेत्रमा हुने तस्करी न्यूनीकरणमा उल्लेखनीय भूमिका खेलेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *